२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

विद्युत् खपतमा लगाइएको ५ प्रतिशत भ्याट हटाउन कुलमान घिसिङको सरकारसँग आग्रह

Nada
२०८३ साउन ५ गते १८:१०
Shares
विद्युत् खपतमा लगाइएको ५ प्रतिशत भ्याट हटाउन कुलमान घिसिङको सरकारसँग आग्रह

काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

ncell

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लागू गरिएको ३ प्रतिशत समता शुल्क फिर्ता लिने सरकारको निर्णयलाई सकारात्मक कदमको रूपमा लिएका छन् । उनले त्यससँगै विद्युत् खपतमा कायम रहेको करसम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्न पनि आग्रह गरेका हुन् ।

घिसिङका अनुसार ५० युनिटभन्दा बढी विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि लगाइएको भ्याटले स्वदेशमा उत्पादन भएको बिजुलीको उपयोग बढाउने सरकारी लक्ष्यमा प्रतिकूल असर पार्न सक्ने अवस्था रहेको छ ।

उनले स्वदेशी जलविद्युत् तथा स्वच्छ ऊर्जाको प्रयोग विस्तार गरी आयातित इन्धनमाथिको निर्भरता घटाउने नीतिसँग विद्युत्मा कर लगाउने व्यवस्था मेल नखाने तर्क गरेका छन् ।

घिसिङले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्कलाई कानुनी प्रक्रिया पूरा गरी औपचारिक रूपमा हटाउनुपर्ने उल्लेख गर्दै विद्युत् खपतमा लगाइएको ५ प्रतिशत भ्याटसमेत फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

प्रधानमन्त्रीले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको समता शुल्क फिर्ता लिने घोषणा गरेपछि त्यसको स्वागत गर्दै घिसिङले निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक कानुनी प्रक्रिया शीघ्र अघि बढाउनुपर्ने बताएका छन् । उनका अनुसार सरकारी घोषणा औपचारिक निर्णय र कार्यान्वयनमा रूपान्तरण हुन आवश्यक छ ।

ताजा खबर

सम्बन्धित खबर