२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

चोभारमा बस, ट्यांकर र मोटरसाइकल ठोक्किँदा दुर्घटना, सडक एकतर्फी सञ्चालन

Nada
२०८३ साउन ५ गते १३:२६
Shares
चोभारमा बस, ट्यांकर र मोटरसाइकल ठोक्किँदा दुर्घटना, सडक एकतर्फी सञ्चालन

काठमाडौँ : काठमाडौँको चोभार क्षेत्रमा बस, ट्यांकर र मोटरसाइकल एक आपसमा ठोक्किँदा सडक दुर्घटना भएको छ । दुर्घटनापछि ट्यांकर पल्टिएको छ भने अन्य सवारीसाधनमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

ncell

दुर्घटनापछि केही समय सडक अवरुद्ध भएको थियो । त्यसपछि सुरक्षा निकायले पल्टिएको ट्यांकर हटाउने कार्य सुरु गरेसँगै सडकलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको वा नभएको विषयमा विस्तृत विवरण आउन बाँकी छ। घटनाको कारण र क्षतिको यकिन विवरण संकलन गर्ने तथा आवश्यक अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर