२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

दाह्रा काटेपछि ध्रुवे निकुञ्जभित्रै

Nada
२०८३ साउन ४ गते १५:४४
Shares
दाह्रा काटेपछि ध्रुवे निकुञ्जभित्रै

चितवन : दाह्रा काटेपछि ध्रुवे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुवे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ । 

ncell

हात्तीले गत असार २० गते एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । असार ३१ गते राति ध्रुवेलाई सुखीभार पोष्ट नजिक डार्ट गरेर दुई वटा दाह्रा काटिएको हो । ध्रुवेको गलामा आधुनिक रेडियो कलर जडान गरिएको छ । जडान गरिएको रेडियो कलरबाट प्रत्येक १० मिनेटमा सूचना संकलन भइरहेको छ । 

दुई दिनअघि चितवन राष्ट्रिय निकुञ्जबाट सीतामाई नजिक जान लागेको भए पनि पुनःफर्किएर चुरेको फेदितर्फ पुगेको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए । 

बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल लगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको छ ।  

निकुञ्जभित्र ४५ देखि ५० वटा हात्ती छन् ।

ताजा खबर

सम्बन्धित खबर