२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

साउन महिनाको पहिलो सोमबार : देशभरका शिवालयमा भक्तजनको घुइँचो

Nada
२०८३ साउन ४ गते १२:०८
Shares
साउन महिनाको पहिलो सोमबार : देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं : आज साउन महिनाको पहिलो सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भक्तजनको भिड छ । पशुपतिनाथमा बिहानबाटै चार वटै ढोका खोलिएका छन् । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमवार आज देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

ncell

साउन महिना र सोमबारलाई भगवान शिवको उपासनाका लागि सबैभन्दा पवित्र समय मानिन्छ । यस दिन श्रद्धालुहरूले विशेषगरी व्रत बसी भगवान शिवको पूजा–आराधना गर्ने गर्दछन् ।

काठमाडौंको पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वरका साथै मुलुकभरका प्रमुख शिव मन्दिरहरूमा पूजाअर्चना गर्नेहरूको लामो लाम लागेको छ ।

धार्मिक विश्वासअनुसार साउनको सोमवार व्रत बसी शिवको पूजा गर्नाले पारिवारिक सुख, शान्ति र मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

विशेषगरी महिलाहरूले हरियो वस्त्र र श्रृङ्गारमा सजिएर श्रद्धापूर्वक यो पर्व मनाउने गर्दछन् । साउन महिनाभरि नै शिवको विशेष आराधना गर्ने परम्परा भएपनि सोमवारको दिनलाई अझ विशेष रूपमा लिइने गरिन्छ ।

ताजा खबर

सम्बन्धित खबर