२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

रुकुम पश्चिममा भरुवा बन्दुक फेला

Nada
प्रचण्ड खत्री
२०८३ साउन ३ गते २०:३१
Shares
रुकुम पश्चिममा भरुवा बन्दुक फेला

रुकुम पश्चिम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका –७, को एक ओडारमा बेवारिसे अवस्थामा अवैध भरुवा बन्दुक फेला परेको छ । वडाको बैरीदह चयरपानी सामुदायिक बनमा रहेको ढुंगाको ओडार भित्र भरुवा बन्दुक फेला परेको हो । 

ncell

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झबिन्द्र परियारका अनुसार काठको बट देखि नालको टुप्पो सम्मको चार फिट ६ इन्चको भरुवा बन्दुक भेटिएको छ । उक्त बेवारिसे बन्दुक लुकाई छिपाई राखेको अवस्थामा कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरेको जनाएको छ ।

प्रहरीले फेला पारेको बन्दुक जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर