२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

Nada
२०८३ साउन २ गते १७:२५
Shares
श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौँ : विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन् । आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

ncell

उनीहरूले हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनअनुसार अतिरिक्त समय (ओभरटाइम) भत्ता उपलब्ध गराइनुपर्ने माग गरेका छन् ।

त्यस्तै, नेपाल सरकारले बजेट भाषणमार्फत बढाएको तलब र विगतको सहमति अनुरूप आवासीय चिकित्सकहरूलाई अधिकृत आठौँ तह सरहको बढेको तलब कार्यान्वयन गरिनुपर्ने, एमबीबीएस र बीडीएस पूरा गरेपछि एमडी–एमएस-एमडीएस अध्ययनका लागि राखिएको एक वर्षको अनिवार्य कार्य अनुभवको प्रावधान खारेज गरिनुपर्ने लगायतका माग उनीहरूको छ । 

ताजा खबर

सम्बन्धित खबर