२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने श्रीमान् पक्राउ

Nada
२०८३ साउन २ गते १४:५६
Shares
श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने श्रीमान् पक्राउ

काठमाडौँ :  श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने श्रीमान् पक्राउ परेका छन् ।

ncell

जिल्ला सङ्खुवासभा चैनपुर नगरपालिका-७ घर भई हाल मादी नगरपालिका-४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्कीले आफ्नै ४३ वर्षीया श्रीमती फुलमाया मुदेललाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार घरायसी विवादका क्रममा उनले आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् ।

घटनामा प्रयोग गरिएको खुकुरी सहित अमरबहादुर सार्कीलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर