२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

कतारका पूर्वअमिर अल थानीको निधनप्रति संघद्वारा समवेदना

Nada
२०८३ साउन १ गते ०६:३५
Shares
कतारका पूर्वअमिर अल थानीको निधनप्रति संघद्वारा समवेदना

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

ncell

संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को नेतृत्वमा काठमाडौंस्थित कतारी दूतावास पुगेको टोलीले दिएको समवेदना सन्देशमा पूर्वअमिर अल थानीको दूरदर्शी नेतृत्वले कतारको विकासलाई सुदृढ पार्न तथा लाखौं नेपाली आप्रवासी कामदारका लागि अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ । संघले स्वर्गीय पूर्वअमिरको योगदानले नेपालको अर्थतन्त्र र अनगिन्ती नेपाली परिवारलाई पनि सहयोग पुगेको जनाएको छ ।

टोलीलाई कतारका राजदूतले न्यानो स्वागत तथा आत्मीय आतिथ्य प्रदान गरेको भन्दै संघले नेपालका लागि कतारी राजदूतप्रति धन्यवाद व्यक्त गरेको छ । साथै, दिवंगत आत्माले चिरशान्ति प्राप्त गरून् भन्ने कामना गर्दै नेपाल र कतारबीचको स्थायी मित्रता अझ सुदृढ हुँदै जाओस् भन्ने शुभेच्छा पनि व्यक्त गरिएको छ ।

टोलीमा द्वितीय उपाध्यक्ष अनिल बोगटी, तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल, सचिव केदारनाथ अधिकारी, कार्यसमिति सदस्य विवश ढुंगाना र सदस्य भावना गजुरेल सहभागी रहेका थिए । सो अवसरमा वैदेशिक राेजगार बोर्ड सदस्य तथा कार्यसमिति सदस्य रमा खड्का पनि सहभागी थिइन् ।

ताजा खबर

सम्बन्धित खबर