२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

कांग्रेस एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार छु : डा शशांक

Nada
२०८३ असार १५ गते १७:५२
Shares
कांग्रेस एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार छु : डा शशांक

काठमाडौं : नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइरालाले धान दिवसका अवसरमा दही चिउरा खाने कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजन गरेका छन् । कोइराला निवास महाराजगञ्जमा भएको सो कार्यक्रम नेपाली कांग्रेसका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो । 

ncell

सो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, पूर्वमहामन्त्री कृष्ण सिटौला, पूर्वउपसभापति प्रकाशमान सिंह नेताहरू, एनपी साउद, चन्द्र भण्डारी, डा मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, शंकर भण्डारी, मोहन बस्नेत, दिपक खड्का, दिपक गिरी, रमेश लेखक, रामहरी खतिवडा, विभिन्न जिल्ला पार्टी सभापतिहरू, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको उपस्थिति रहेको थियो । 

पूर्वमहामन्त्री डा. कोइरालाले आम नेता कार्यकर्तालाई पार्टीलाई एकताबद्ध बनाउनका लागि सहयोग गर्न आग्रह गरे । कोइरालाले अहिले पार्टी विभक्त अवस्था जस्तो देखिएकाले मुलुकको हितका लागि कांग्रेसलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको बताए । उनले आफू सधैं सिंगो कांग्रेसको पक्षमा रहेको भन्दै कांग्रेस एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार रहेको बताए ।

पूर्वमहामन्त्री डा शशांक कोइरालाले कृषि उत्पादनमा वृद्धि, किसानको सम्मान र समृद्ध नेपालको निर्माणमा सबैको साझा प्रयास सफल होस् भन्ने कामना गरे । उनले किसानको हितमा काम गर्न सकेमात्र नेपालको समृद्ध सम्भव हुने बताए ।

नेपालले वि.सं. २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । नेपाली समाजमा खेतमा रोपाइँ गरी असार १५ मा दही चिउरा खाएर मनाउने परम्परा रहेको छ । उक्त दिन रोपाइँ गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खान गरिन्छ ।

ताजा खबर

सम्बन्धित खबर