२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

नेप्से परिसूचक ११ दशमलव ३७ अंकले घट्यो

Nada
२०८३ जेठ २२ गते १५:३६
Shares
नेप्से परिसूचक ११ दशमलव ३७ अंकले घट्यो

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ३७ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ३७ अंकले घटेर दुई हजार सात सय ५ दशमलव ४१ मा सीमित भएको छ ।

ncell

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७७ अंकले ओरालो लागेर चार सय ७१ दशमलव ९९ मा सीमित भएको छ । कूल तीन सय ५१ कम्पनीको एक करोड २७ लाख ३२ हजार आठ सय ६८ कित्ता शेयर रु पाँच अर्ब ६२ करोड ५६ लाख ११ हजार आठ सय २३ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । यस्तै, सिटी होटल लिमिटेड, एनबिबिएल डिवेञ्चर, सेन्ट्रल फाइनान्स  र रिडी पावर कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन्  ।

कालिञ्चोक हाइड्रोपावर, उपकार लघुवित्त, लक्ष्मी बैंकको डिवेञ्चर,वेष्ट फाइनान्स कम्पनी र सिटी होटलका लगानीकर्ताले आज कमाएका छन् ।

यस्तै, एबिएल डिवेञ्चर, होटल फरेष्ट इन, माविलुङ इनर्जी,रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोका लगानीकतर्ताले भने गमुाएका छन् ।

ताजा खबर

सम्बन्धित खबर