
काठमाडौं : सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको प्रिमियम टेलिभिजन ब्रान्ड सेन्सेइले विश्वकप फुटबललाई लक्षित गर्दै ‘सेन्सेइमा विश्वकप हेरौंला’ विशेष उपहार योजना सार्वजनिक गरेको छ । ग्राहकहरूलाई घरमै रंगशालाको जस्तो अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको यस योजनामा आकर्षक उपहार र सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।
विश्वकपको उत्साहलाई थप भरोसा दिन कम्पनीले कुल ४ वर्षको विशेष सर्भिस वारेन्टी उपलब्ध गराएको छ ।
सेन्सेइ टिभी खरिद गर्दा ग्राहकले लक्की ड्र मार्फत एसी जित्न सक्नेछन् भने २३ हजार ४ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक समेत प्राप्त गर्न सकिनेछ ।
सेन्सेइ स्मार्ट टिभीहरूमा ४के अल्ट्रा एचडी डिस्प्ले, डल्बी अडियो र वेब ओएस जस्ता फिचरहरू रहेका छन्, जसले खेलको अनुभवलाई जीवन्त बनाउँछ ।
ग्राहकको सहजताका लागि नागरिकताकै आधारमा सरल इएमआई सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
जापानी इन्जिनियरिङमा आधारित सेन्सेइ ब्रान्डका यी अफरहरू आगामी २०८३ जेठ २१ गतेदेखि साउन ३ गतेसम्म देशभरका सिजी इलेक्ट्रोनिक्सका सोरुम तथा आधिकारिक बिक्रेताहरूमा लागू हुने कम्पनीले बताएको छ ।