२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

एनआइसी एसिया बैंकको २८औं वार्षिक साधारणसभा सम्पन्न

Nada
२०८३ जेठ १८ गते २०:३१
Shares
एनआइसी एसिया बैंकको २८औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं : एनआइसी एसिया बैंकको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणउपर छलफल गरी स्वीकृत गरेको छ । 

ncell

सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम सम्बन्धित निकायको आवश्यक स्वीकृति प्राप्त गरी बैंकको तत्काल कायम गरेको साधारण सेयरको चुक्तापुँजीको २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न सभाले स्वीकृति प्रदान गर्नुको साथै अन्य विभिन्न प्रस्ताव पारित गरेको छ ।

सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट अशोककुमार अग्रवाल, रामचन्द्र संघई, जयन्तकुमार अग्रवाल र सर्वसाधारण सेयरधनीका तर्फबाट आदित्यकुमार अग्रवाल, केशवप्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर