
काठमाडौं : सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न र फन्ड ट्रान्सफर गर्न, इएमआई भुक्तानीगर्न तथा तलब वितरण गर्न फरक–फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । यसका लागि एपिआई बैंकिङ प्लेटफर्म र्यापिड र सिटिजन्स बैंक इन्टरनेसनलबीच सहकार्य भएको छ ।
सहकार्यसँगै सिटिजन्स बैंकको प्रणालीमा ‘र्यापिड’ एकीकृत गरिएको छ । ‘र्यापिड’ एक एपिआई आधारित बैंकिङ प्लेटफर्म हो, जसले बैंकिङ एज ए सर्भिस मोडलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवाप्रदायकलाई जोड्ने काम गर्छ ।
अब बैंकका ग्राहकले आफ्नै सफ्टवेयर वा इआरपी प्रणालीमार्फत एउटै प्लेटफर्म प्रयोग गरेर विभिन्न बैंकिङ सेवा सञ्चालनगर्न सक्नेछन् ।
यस सहकार्यले सिटिजन्स बैंकका कर्पोरेट ग्राहकको सेवाप्रवाहमा ठुलो रूपान्तरण ल्याउनुका साथै वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दै व्यवसायहरूको समय, लागत र सञ्चालनसम्बन्धी झन्झट उल्लेखनीय रूपमा घट्ने विश्वास बैंकले लिएको छ ।