२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

घरेलु हस्तकलाले जगाएको आशा

Nada
सपना बोहरा
२०८३ वैशाख ९ गते १८:३३
Shares
घरेलु हस्तकलाले जगाएको आशा

परम्परागत शैलीमा तयार गरिने हस्तकलाका सामग्री पछिल्लो समय धेरैको रोजाइमा पर्छन् । घरदेखि व्यवसाय सजाउनका लागि हस्तकला सामग्री प्रयोग हुँदै आएका छन् । पर्यटकको नजर तान्ने नै हस्तकला सामग्री नै हुन् । परम्परागत मौलिकता झल्किने र विशेष महत्व बोकेका हस्तकलाका सामग्री स्वदेशमा मात्रै प्रयोग हुँदैनन्, नेपालबाट विश्वका धेरै मुलुकमा निर्यात हुन्छन् ।

ncell

नेपाल हस्तकला महासंघका अनुसार, नेपालबाट विश्वका विभिन्न ८० भन्दा बढी देशमा वार्षिक १५अर्ब रुपैयाँबराबरको हस्तकलाका वस्तुहरू निर्यात हुन्छ । विभिन्न धातुले निर्माण भएका वस्तु, बाँसका सामग्री, मूर्तिकला, थान्का पेन्टिङ, चित्रकला, सेरामिक, हातेकागज, बेतबाँस र रेशाजन्य कपडालगायत हस्तकलाका सामग्री नेपालमा उत्पादन हुन्छन् ।

नेपाली हस्तकलाका वस्तुहरू ८० भन्दा बढी देशमा निकासी हुन्छन् । अमेरिका, युरोपियन मुलुक जर्मनी, फ्रान्स, बेलायत, जापान, चीन र भारत यसका प्रमुख बजार हुन् । 

हस्तकलाको वार्षिक कारोबार २५ अर्ब रुपैयाँभन्दा बढी छ, जसमध्ये १२ अर्ब रुपैयाँभन्दा बढीको निकासी हुने गरेको छ । आन्तरिक खपत देशभित्रै पनि करिब ८ अर्ब रुपैयाँबराबरको हस्तकला सामग्रीको आन्तरिक खपत हुने गरेको छ । यस क्षेत्रले करिब ११ लाख व्यक्तिहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको छ ।

नेपाली हस्तकलामा मौलिकता र परम्परा भएकाले विश्व बजारमा उच्च माग छ । राज्यले विशेष प्रोत्साहन, प्रविधि हस्तान्तरण र युवाहरूलाई तालिम दिएर यो क्षेत्रलाई अर्थतन्त्रको प्रमुख खम्बा बनाउन सकिन्छ । 

महासंघका अध्यक्ष रवीन्द्र शाक्यका अनुसार, गत ६ महिनामा ६ अर्बको हस्तकला सामग्री निकासी भएको छ । हस्तकला उद्योगकमा करिब ११ लाख व्यक्तिहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा भारत र चीनमा हस्तकला सामग्रीको राम्रो व्यापार व्यावसाय भएको नेपालको हस्तकला उद्योगका वस्तु विश्वभर प्रसिद्ध छन् । 

नेपालमा मुख्यतया पस्मिना, धागोका वस्तुहरू, परम्परागत धातुका मूर्तिहरू, काष्ठकला कागजका उत्पादनहरू थान्का पेन्टिङ, सिरामिक्स, र नेपाली खुकुरीको उत्पादन र बजार राम्रो छ । 

हाल यहाँबाट झन्डै ७० किसिमका हस्तकलासम्बन्धी उत्पादन विभिन्न देशमा निर्यात गरिन्छ । वस्तुतः सन् १९७२ देखि सन् २०८५ सम्म नेपाली हस्तकला उद्योगका सामान प्रचुर मात्रामा निर्यात गरिन्थ्यो । सन् २००५ पछि यहाँ भएका महामारी, नाकाबन्दी आदि कारणले यहाँको हस्तकला उद्योग फस्टाउन सकेन । जुनसुकै उद्योगको विकासका लागि गुणस्तरीय कच्चापदार्थले महत्वपूर्ण भूमिका खेल्छ । गुणस्तरयुक्त कच्चापदार्थको कमीले गर्दा नेपाली हस्तकलाका उत्पादन मागअनुरूप अभिवृद्धि गर्न सकिएको छैन । 

विश्वबजारमा नेपाली पस्मिनाको धेरै माग छ । नेपालबाट निर्यात गरिने हस्तकलाका वस्तु उत्पादनका लागि सरकारले प्रोत्साहनका लागि हस्तकलासम्बन्धी तालिमा प्रदान गर्दै आएको छ ।

यसका लागि आवश्यक कच्चापदार्थको बेलाबेलामा अभाव हुनाले माग अनुसार उत्पादन गर्न सकिएको छैन । यति मात्र नभई वनजन्य कच्चापदार्थको ढुवानी, ओसारपसार आदिमा स्थानीय संकाय, समुदाय, प्रहरी आदिबाट बारम्बार गरिने अवरोधले यहाँको हस्तकला उद्योग प्रवर्धनमा नकारात्मक प्रभाव परेको छ । यहाँको हस्तकलाका वस्तु उत्पादन विन्दुबाट सिधै उपभोक्ता विन्दुसम्म पुग्न र उक्त वस्तु उत्पादनको बारेमा स्पष्ट प्रमाणित लिपिबद्ध लिखत नहुनाले पनि यहाँको हस्तकला उद्योगमा बाधा पुगेको छ ।

नेपाली हस्तकला उद्योगको प्रवर्धन गर्न नितान्त आवश्यक रहेको उनी बताउँछन् । यसका लागि विगतमा हस्तकला आयात गर्ने देशका उपभोक्ताको रोजाइअनुसारका वस्तु उत्पादनमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । 

‘नेपालमा बेरोजगारीका समस्या दिन–प्रतिदिन तीव्र रूपले बढिरहेको छ,’ उनले भने, ‘युवालाई स्वरोजगारीका लागि हस्तकला सामग्री निर्माणमा विशेष पहल गर्नुपर्छ ।’

नेपालमा हस्तकला उद्योग संस्कृति, परम्परा र आर्थिक विकासको एक महत्वपूर्ण आधारस्तम्भ हो । यस क्षेत्रले स्वदेशी कच्चापदार्थको प्रयोग गरी मौलिक उत्पादनमार्फत रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा योगदान पुर्‍याइरहेका शाक्य बताउँछन् । 

uae

सम्बन्धित खबर