२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

Nada
२०८२ पुष १७ गते १८:३६
Shares
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवद्र्धनमा सबै जुट्नुपर्नेमा जोड दिएका छन् ।  

ncell

१३औं राष्ट्रिय पोसाक दिवस तथा अन्तरराष्ट्रिय टोपी दिवस–२०८२ को अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले राष्ट्रिय पहिचानको प्रवद्र्धन अभियानलाई सरकारको साथ रहने विश्वास व्यक्त गरे । 

सञ्चारमन्त्री खरेलले भने, ‘राष्ट्रियताको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध छ, राष्ट्रिय झण्डा भन्ने वित्तिकै यसप्रतिको श्रद्धा अगाध झल्किन्छ । राष्ट्रिय एकताको प्रतिक राष्ट्रिय झण्डा हो, जसले सबै नेपालीलाई जोड्नसक्छ । हामी जो जहाँ छौं, नेपाली हुनुको पहिचान जोगाउने कार्यमा सक्रिय भएर लागौं ।’

मन्त्री खरेलले राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने र उत्सवको रूपमा दिवस मनाउने सन्दर्भमा आफू अभियानको साथमा रहेको बताए । उनले भने, ‘नवजवान युवाहरुले विहे, व्रतवन्ध, भोज र औपचारिक कार्यक्रम तथा भव्य र सभ्य समारोहमा दौरा, सुरुवाल, कोट, टोपी, साडी, चोलो लगाएर कार्यक्रममा उपस्थित हुदा राष्ट्रिय महत्व आफैमा बढेको छ । विश्वभर नेपालीको पहिचानको परिचय दिइरहँदा शिरमाथी लगाएको ढाका टोपी दौरा सुरुवाल हो । नेपाल र नेपाली चिनाउने राष्ट्रिय पोशाक नै हो, त्यसैले यसको संरक्षणमा सबै लाग्नुपर्छ ।’

प्रतिष्ठानका अध्यक्ष राजानन्द मण्डलले राष्ट्रिय झण्डा र राष्ट्रिय पोशाकको गरिमा र ओझ बढाउने कार्यमा सबै जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए । सो अवसरमा राष्ट्रिय हित प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । –रासस 

सम्बन्धित खबर