२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सुनसरी गोली काण्ड : मृतकका आफन्त र स्थानीय प्रशासनबीच ५ बुँदे सहमति

Nada
२०८२ पुष १७ गते १५:०५
Shares
सुनसरी गोली काण्ड : मृतकका आफन्त र स्थानीय प्रशासनबीच ५ बुँदे सहमति

काठमाडौं : सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको छ । साहको मृत्यु भएपछि उत्पन्न तनाव अन्त्य गर्न पाँच बुँदे सहमति भएको छ । 

ncell

भारतबाट सामान लिएर फर्कंदै गरेका उनको बुधबार राति गोली लागेर मृत्यु भएको थियो । घटनापछि भएको आन्दोलन र झडपपछि बिहीबार जिल्ला प्रशासन, सुरक्षा निकाय र पीडित पक्षबीच वार्ता भएको छ । 

वार्ताले छानबिन समिति गठन, क्षतिपूर्ति सिफारिस, मृतककी श्रीमतीलाई रोजगारी, छोरालाई सशस्त्र भर्नामा सहजीकरण र शव व्यवस्थापन गर्ने सहमति जुटेको हो । 

सहमतिपछि अवस्था सामान्य बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यतिबेला घटनास्थल वरपर मृतका आफन्त र स्थानीय प्रदर्शनमा छन् ।

सम्बन्धित खबर