२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

विमानस्थलको ढोका थुनेर मात्र बढ्दो पलायन रोक्न सकिँदैन : महानिर्देशक तिवारी

Nada
२०८२ पुष १७ गते १४:४७
Shares
विमानस्थलको ढोका थुनेर मात्र बढ्दो पलायन रोक्न सकिँदैन : महानिर्देशक तिवारी

काठमाडौं : अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको नीतिगत समस्याका कारण बढ्दो युवा पलायन रोक्न नसकेको टिप्पणी गरेका छन् ।

ncell

बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पछिल्ला २० वर्षमा विदेश जाने प्रक्रियामा नियन्त्रण गर्ने प्रयास भएपनि त्यसले अपेक्षित परिणाम दिन नसकेको उनको भनाइ छ ।

उनले विमानस्थलको ढोका थुनेर मात्र बढ्दो विदेश पलायन रोक्न नसकिने उल्लेख गर्दै राज्यले स्टार्टअप लगायतका क्षेत्रमा सहयोग गर्न जरुरी रहेको बताए । उनले अध्यागमन नीतिमा बारम्बार बुँदा फेरबदल हुँदा लागत मात्र बढेको र अध्यागमन प्रणालीको समग्र ‘इकोसिस्टम’ले लय गुमाएको समेत बताए । 

उनले सरोकारवाला निकायहरूले विदेशी नागरिकहरूले नेपालमा रहँदा गर्ने क्रियाकलापबारे ध्यान नदिएका कारण मुलुकको सांस्कृति र तथा शान्ति सुव्यवस्था खल्बलिएको बताए । 

सम्बन्धित खबर