२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

तीस बिघामा लगाएको गाँजा फडानी

Nada
२०८२ पुष १६ गते ११:२२
Shares
तीस बिघामा लगाएको गाँजा फडानी

बागमती : मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ ।

ncell

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा लगाइएको गाँजा र नौ बिघामा लगाइएको अफिम नष्ट गरिएको हो ।

अभियानका क्रममा राक्सिराङ गाउँपालिका-१, ६, ७ र ८ तथा कैलाश गाउँपालिका-१, २, ३, ५, ६ र ९ का विभिन्न स्थानमा गरिएको गाँजा र अफिम खेती फडानी गरी नष्ट गरिएको हो । गाँजा फडानी अभियानलाई निरन्तरता दिइने छ । 

सम्बन्धित खबर