२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

Nada
२०८२ पुष १६ गते ०९:११
Shares
अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

रौतहट : मंगलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केही बेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका-४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।

ncell

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो ।

बाटोबाट बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएको थियो । यसअघि साना सवारीसाधन चन्द्रनिगाहपुर–गौर वैकल्पिक बाटो प्रयोग गरेका थिए ।

सम्बन्धित खबर