२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

शीतलहरूले वीरगन्ज तीन दिन सार्वजनिक बिदा

Nada
२०८२ पुष १६ गते ०९:०८
Shares
शीतलहरूले वीरगन्ज तीन दिन सार्वजनिक बिदा

पर्सा : वीरगञ्ज महानगरले शीतलहरू चलेसँगै तेस्रो पटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

ncell

पछिल्लो दुई सातादेखि महानगर आसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो । यसअघि महानगरले दुई पटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ ।

वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार विगत केही दिनदेखि बढ्दै गएको चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बर्खे बिदाबाट कट्टा हुने गरी यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई थप बिदा दिइएको हो । आगामी पुस २० गतेदेखि विद्यालय फेरि सञ्चालन हुने जनाइएको छ ।

सम्बन्धित खबर