२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

कविता : प्रतिक्रिया

Nada
२०८१ साउन १२ गते ०६:२५
Shares
कविता : प्रतिक्रिया

–कुञ्ज देवी उपाध्याय

ncell

नारी हुनुुको दुखले रुन्छे नारी
भेडाहरू उसलाई लुछेर रमाउँछन्
ठुलो संसारमा आफूूलाई एक्लै पाउँछे
सत्य हराएको देखेर डराउँछे
नारी हुनु नै उसको दुर्भाग्य हो र ?
शरीर छोपेर राख्नु नै
अपराध हो भने
निर्लज्ज भएर हेर
हिँडिदिन्छे सडकमा लामो लस्कर लिएर
नाङ्गो शरीर देखाउँदै
बस्ने गर 
बासनाको पासो थापेर 
या आँखामा पट्टी बाँधेर
आँसुको झर्नामा सपना बगाएर 
बाँच्नुको अर्थ के थाहा भेँडालाई
जन्म दिँदाको पीडा
सहनेहरूलाई सोध
नारी बन्न कति गाह्रो छ
बासनाको तातो आगोमा
पोलिएको उसको शरीरबाट
ज्वाला फैलिएको छ
डढेलो लगाउन ।।

ताजा खबर

सम्बन्धित खबर