२०८२ कार्तिक ३ गते सोमवार / Oct 20 , 2025 , Monday
२०८२ कार्तिक ३ गते सोमवार
Ads

सानिमा बैंकद्वारा ७ दशमलव ३६ प्रतिशत नगद लाभांश पारित

shivam cement
मध्यान्ह
२०८२ कार्तिक २ गते २१:०१
सानिमा बैंकद्वारा ७ दशमलव ३६ प्रतिशत नगद लाभांश पारित

काठमाडौं : सानिमा बैंकले ७ दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २१औं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो । 

बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले संस्थापक सेयरधनीतर्फबाट तुकप्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाख सभाबाट निर्विरोध निर्वाचित गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकका निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १३ दशमलव शून्य ९ प्रतिशत, ११ दशमलव २२ प्रतिशत र १२ दशमलव ७० प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise