२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

आत्मनिर्भरतर्फ पुष्प व्यवसाय, ९ अर्ब लगानी ५० हजारलाई रोजगारी

shivam cement
छबि सापकोटा
२०८२ असोज ३० गते ०६:३०
आत्मनिर्भरतर्फ पुष्प व्यवसाय, ९ अर्ब लगानी ५० हजारलाई रोजगारी

काठमाडौं : पछिल्लो एक दशकयता नेपालमा फूलको व्यवसायी खेती गर्नेको संख्या बढ्दो छ । पुष्प व्यवसायबाट राम्रो आम्दानी हुने भएपछि कृषिका अन्य क्षेत्र पुष्पखेती गर्नेको संख्यासमेत बढिरहेको छ । पूजाआजादेखि विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत पूmलको प्रयोग हुने भएकाले फूलखेती फस्टाउँदै गएको छ । 

यस्तै, तिहारमा पूmलको प्रयोग धेरे हुनेको भएकाले  तिहारलक्षित फूलखेती गर्नेको संख्यासमेत धेरै छ । छोटो समयमा राम्रो आम्दानी हुने भएकाले तिहारमा प्रयोग हुने सयपत्री र मखमलीको  व्यावसायिक खेती देशका विभिन्न स्थानमा हुने गरेको छ । 

नेपालको वातावारण पूmलखेतीका लागि अनुकूल हुँदा अन्य खेतीभन्दा फूलखेतीबाट राम्रो लाभ लिन सकिने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष राजेशभक्त श्रेष्ठ बताउँछन् । 

उनले भने, ‘नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पुष्प व्यवसायको विकास तथा प्रवर्धनको सम्भावना धेरै छ । पुष्प व्यवसायको दिगो संस्थागत विकास, गुणस्तरीय उत्पादन आन्तरिक बजार व्यवस्थापन आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धनमा ध्यान दिए आम्दानीसँगै रोजगारीसमेत बढ्छ ।’

विषेशगरी तिहारमा फूलको व्यापार धेरै हुने गरेको छ । तिहारमा करिब ४० करोडको सयपत्री र मलमलीको माला खपत हुने गरेको छ । अरूबेला समेत फूलको प्रयोग बढिरहेको नेपालमा नर्सरीदेखि जमिन भाडामा लिएर पुष्प व्यवसाय गर्न थालिएको छ । बढ्दो सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहर तथा देशका ५२ जिल्लामा पुष्प खेती भइरहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । 

नर्सनी व्यवससायीसंघ नेपालमा अध्यक्ष रामजी तिमिल्सेनाले नेपाल फूलमा आत्मनिर्भरतर्फ अगाडि बढेको बताए । उनले भने, ‘नेपालको हावापानीमा विविधताले गर्दा चिसो र गर्मीमा फुल्ने फूलखेती नेपालमा सम्भव छ । बजार व्यवस्थापनमा मात्र जोड दिने हो भने पुष्प व्यवसाय आत्मनिर्भर बन्छ ।’

देशभरका  करिब २ सय ७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिएको छ । पुष्प व्यवसायमा ८ अर्ब ८३ करोडभन्दा बढीको लगानी छ भने प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५३ हजार ५ सयभन्दा बढीले रोजगारी पाएका छन् । 

पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० प्रतिशतभन्दा धेरै रहेको व्यवसायी बताउँछन् । कोभिडको समयमा पुष्प व्यवसायमा असर गरेको भए पनि बिस्तारै पुष्प व्यवसायले गति लिँदै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६८ करोडभन्दा बढीको कारोबार भएको थियो भने २०८१/८२ मा पनि ३ अर्ब ३७ करोडको कारोबार भएको व्यवसायी बताउँछन् ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात १ करोड २ लाख १२ हजार कारोबार रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा 
२ करोड १३ लाख ६० बराबरको निर्यात भएको थियो । नेपालबाट जापान, हङकङ अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, यूएईलगायत मुलुकमा पुष्प तथा पुष्पजन्य वस्तु निर्यात हुने गरेको छ । 

ADV

सम्बन्धित खबर

Advertise