२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

डाक्नेश्वरी नगरपालिकाको बजेट ८७ करोड ४७ लाख

Nada
घुरन यादव
२०८२ असोज ४ गते २१:२४
Shares
डाक्नेश्वरी नगरपालिकाको बजेट ८७ करोड ४७ लाख

सप्तरी : सप्तरीको डाक्नेश्वरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८७ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाबाट पारित उक्त बजेटमा विभिन्न क्षेत्रमा लगानी गर्ने योजना प्रस्तुत गरिएको छ ।

ncell

बजेट सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि रामलखन मल्लाह, विशिष्ट अतिथि उपप्रमुख मिरा यादव, प्रशासकीय अधिकृत विजयकुमार मण्डल, वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थिति थियो । 

नगर प्रमुखले बजेटमार्फत कृषि आधुनिकीकरण, नदीमा बाँध निर्माण, सर्पदंश उपचार केन्द्र स्थापना, पशुपालन व्यवस्थापन, भूमिहीनलाई भूमि व्यवस्था, युवालाई रोजगारी, खानेपानीका लागि कमर्शियल बोरिङ, प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना गर्ने योजना सार्वजनिक गरेका छन् । 

नगरपालिकाले बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सेवा प्रवाहलाई सहज बनाउने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित खबर