२०८२ असोज ४ गते शनिवार / Sep 20 , 2025 , Saturday
२०८२ असोज ४ गते शनिवार
Ads

नुवाकोट जिल्ला तेक्वान्दो संघको नयाँ कार्यसमिति चयन

shivam cement
मध्यान्ह
२०८२ असोज ४ गते २०:१९
नुवाकोट जिल्ला तेक्वान्दो संघको नयाँ कार्यसमिति चयन

नुवाकोट : नुवाकोट जिल्ला तेक्वान्दो संघको पाँचौं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनमा जिल्लाभरका डोजाङ प्रमुखहरूको आपसी सल्लाह र सहमतिमा शरण घले तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामचन्द्र तामाङ, कोषाध्यक्षमा सुमन श्रेष्ठ र सदस्यहरूमा सुजन मोक्तान, कविन्द्र कारन्जित, शर्मिला श्रेष्ठ, विशाल तामाङ र रन्जित तामाङ चयन भएका छन् ।

अधिवेशनमा सहभागीहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै उनीहरूको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए । नयाँ कार्यसमितिले जिल्लामा तेक्वान्दो खेलको विकास र प्रवर्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise