२०८२ असोज ४ गते शनिवार / Sep 20 , 2025 , Saturday
२०८२ असोज ४ गते शनिवार
Ads

जिल्लास्तरीय सी लेभल ब्याडमिन्टन प्रतियाेगितामा मैघाैली प्रथम

shivam cement
सुवास लामिछाने
२०८२ असोज ४ गते १८:५३
जिल्लास्तरीय सी लेभल ब्याडमिन्टन प्रतियाेगितामा मैघाैली प्रथम

चितवन : जिल्लास्तरीय सी लेभल ब्याडमिन्टन प्रतियाेगिताकाे उपाधि मैघाैली ब्याडमिन्टन टाेलीले जितेकाे छ । शनिबार सम्पन्न उपाधि प्रतिस्पर्धामा गढीमाई ब्याडमिन्टन टाेलीलाई साेझाे सेटमा पराजित गदैं मैघाैलीले प्रथम दशैंकप जिल्लास्तरीय सी लेभल ब्याडमिन्टन प्रतियाेगितामा प्रथम हुन सफल भएकाे हाे ।

विजेता मैघाैली टाेलीकाे तर्फबाट अर्जुन बराली र दीपेन्द्र सापकोटा रहेका थिए भने उपविजेता गढीमाई टाेलीकाे तर्फबाट मनोज काजी थापा र लेख गुरुङ रहेका थिए  । त्यस्तै  माडी ब्याडमिन्टन टाेलीका विश्वनाथ चौधरी र विवेक महतो एबं भरतपुर ब्याडमिन्टन टाेलीका डम्बर अधिकारी र राम गुरुङको टोलीले तृतीय स्थान हासिल गरेको आयाेजक आयोजक बसन्तपुर ब्याडमिन्टन संघ माडीका अध्यक्ष खेल संयाेजक यमकुमार ल्यागुनले जानकारी दिए  । 

विजेता, उपविजेता तथा सान्त्वना हुने टाेलीले आर्कषक ट्रफीसहित क्रमशः नगद पन्ध्र  हजार तथा सात  हजार पाचँसय रुपैंया र सान्ताेना हुने दुई टाेलीले दुई हजार पाचँ सयका दरले  प्राप्त गरेका छन् । 

प्रतियाेगितामा चितवन जिल्लाभरका २६ टाेलीकाे सहभागिता रहेकाे थियाे । प्रतियाेगिताकाे उद्घाटन माडी नगरपालिका नगरप्रमुख ताराकुमारी काजी महताे र समापन नगर-उपप्रमुख खेम प्रसाद महताेले गर्नुभएकाे खेल संयाेजक यमकुमार ल्यागुनले बताए ।

ADV

सम्बन्धित खबर

Advertise