२०८२ असोज ४ गते शनिवार / Sep 20 , 2025 , Saturday
२०८२ असोज ४ गते शनिवार
Ads

आइकेओ क्युकाेशिनकाई कराते डोजोको १४ ओैं वेल्ड टेष्ट सम्पन्न 

shivam cement
माधवप्रसाद घिमिरे
२०८२ असोज ४ गते १५:५५
आइकेओ क्युकाेशिनकाई कराते डोजोको १४ ओैं वेल्ड टेष्ट सम्पन्न 

ललितपुर : ललितपुरको नखिपोटमा सञ्चालित आइकेओ क्युकाेशिनकाई कराते डाेजाेको १४ ओैं वेल्ट टेष्ट सम्पन्न भएको छ । आइक ओ क्याेकुशिनकाई नेपालको प्रमुख डाेजाेमा नियमित प्रशिक्षणमा रहेका ३४ जना जुनियर खेलाडीहरुकाे वेल्ट टेष्ट शनिबार सफलतापूर्वक सम्पन्न भएको डाेजाेका प्रमुख प्रशिक्षक सेन्सेई समीर श्रेष्ठले जानकारी गराएका हुन् । 

शुक्रबार र शनिवार भएकाे वेल्ड टेष्टमा प्रमुख प्रशिक्षक सेन्सेई समिर श्रेष्ठ, प्रशिक्षक सेन्सेई उत्तम स्थापित र सहायक प्रशिक्षक अमित घलान लामाले खेलाडीहरूकाे परीक्षा लिएका हुन् । "बेल्ट टेष्टमा सहभागीहरूमध्ये २ जना ब्राउन वेल्ट, ३ सिनियर ग्रीन वेल्ट, २ जना ग्रीन बेल्ट, ६ जना एल्लाे, १४ जना ब्लु र ७ जना अरेन्ज वेल्टकाे परीक्षामा सहभागी भएका छन्, " प्रमुख प्रशिक्षक सेन्सेई समीर श्रेष्ठले भने ।

आइ के ओ क्याेकुशिनकाई नेपालका ब्रान्च चिफ सेन्सेई दिपक लामाले वेल्ट टेष्टबाट खेलाडीहरूकाे क्षमता अनुसारको स्तर निर्धारण भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन योग्य खेलाडीहरूको उत्पादन हुने बताए । लामाले भने, "वेल्ट टेष्टबाट खेलाडीहरुकाे क्षमताको पहिचान हुन्छ, प्रतिस्पर्धा गर्न सक्ने खुबी वृद्धि हुँदै जान्छ । उनीहरुले पाउने वेल्टकाे महत्त्व र वेल्ट अनुसारको क्षमताकाे जानकारी हुन्छ, विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न,सक्ने हिम्मतिला खेलाडीहरुको पहिचान हुनेछ ।" 

अत्यन्तै कडा मेहनत र अनुसाशनमा राखेर प्रशिक्षित हुन सफल भएका खेलाडीहरूकाे मात्रै वेल्ट परीक्षा लिएर स्तराेन्नति गरिएको प्रमुख प्रशिक्षक सेन्सेई समीर श्रेष्ठले बताउनु भयाे । श्रेष्ठले भने , "६० दिन हाजिर भएको याेग्य खेलाडीहरुलाई मात्रै वेल्ट टेष्टमा सहभागी गराएका छाैं, लिखित परिक्षा, वेसिक (किहाेन) मापदण्डहरुकाे परीक्षण, स्टेपिङ, काता, कुमिते परिक्षमा पूरा गरेकाहरु वेल्ट टेष्टमा सहभागी गराउँछाैं । ६० दिन हाजिर भएर पनि राम्रोसँग खेल्न नसकेकाहरुलाई वेल्ट टेष्टमा सहभागी गराइएको छैन । कडा मेहनत र परिश्रम बिना स्तराेन्नतिमा समावेश गराएका छैनौं ।"

प्रत्येक तीनदेखि चार महिनाभित्र बेल्ट टेष्ट हुने डाेजाेका प्रमुख प्रशिक्षक श्रेष्ठले जानकारी गराए । दुई दिनसम्म चलेकाे वेल्ट टेष्टमा खेलाडीहरूले पूर्ण अनुशासनमा रहेर खेलका सबै नियमहरु पालना गरेर बेल्ट परीक्षा उत्तीर्ण गरेका हुन् ।

स्वीडेनकाे हाेन्बुकाे इन्टरनेशनल कराते अर्गनाइजेशन क्याेकुशिनकाईसँग आवद्ध इन्टरनेशनल कराते अर्गनाइजेशन क्याेकुशिनकाई नेपालकाे माताहातमा रहेकाे केन्द्रीय डोजोको रुपमा सञ्चालित आइकेओ क्युकाेशिनकाई कराते डाेजाेले हरेक बर्ष बार्षिक कार्यक्रमहरु तय गर्दै उत्कृष्ट खेलाडी तयार गर्दै आएकाे छ ।

डाेजाेमा प्रशिक्षणमा रहने खेलाडीहरूकाे खेल प्रतिभा प्रदर्शन गर्ने वातावरण मिलाउँदै आएकाे डाेजाेका प्रशिक्षक सेन्सेई उत्तम स्थापितले जानकारी गराए । यस डाेजाेमा आवद्ध खेलाडीहरुलाई अरु संघसंस्थाले आयाेजना गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै खेलाडीहरूकाे ज्ञान, सीप र दक्षता वृद्धि गर्न डाेजाे सक्रिय रहेकाे उनले बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise