२०८२ असोज ३ गते शुक्रवार / Sep 19 , 2025 , Friday
२०८२ असोज ३ गते शुक्रवार
Ads

डोल्पामा माटोको ढिस्कोमा परी ३ महिला घाइते

shivam cement
पूर्ण सार्की
२०८२ असोज ३ गते १६:३६
डोल्पामा माटोको ढिस्कोमा परी ३ महिला घाइते

डोल्पा : डोल्पामा माटोको ढिस्कोमा परी तीन महिला घाइते भएका छन् । शुक्रबार बिहान त्रिपुरासुन्दरी नगरपालिका-९ चुँ गाउँमा दसैंका लागि घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा सोही गाउँका तीन महिला घाइते भएका हुन् ।

माटोको ढिस्कोमा परी त्रिपुरासुन्दरी-९ चुँ गाउँकी अन्दाजी ७० वर्षीया बिनरुपा बोहोरा, २९ वर्षीया मनपुरा बि.क र २९ वर्षीया अरुना थकाली घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । 

घाइते तीनै जनालाई बिहान ११ बजे जिल्ला अस्पताल दुनैमा उपचारका लागि ल्याइएको थियो । घाइते तीन जनामध्ये बोहोराको मुखमा र बाँया आँखामा चोट लागेको छ भने बि.कको शरीरको तल्लो भागमा भित्री चोट लागेका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको अस्पतालले बताएको छ । उनीहरू दुबै जनालाई कर्णाली प्रदेश अस्पताल रिफर गरिएको छ भने थकालीको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

नेपालीहरूको महान चाड बडादसैं नजिकिएसँगै अहिले डोल्पाका स्थानीय सदाझैं  घर लिपपोतमा व्यस्त देखिएका छन् । घर लिपपोतका लागि माटो खन्दा विशेष सावधानी अपनाएर खन्न जिल्ला प्रशासन कार्यालय डोल्पाले अनुरोधसमेत गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise