२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यती एयर 

Nada
२०८२ असोज ३ गते १५:३४
Shares
नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यती एयर 

नेपालगन्ज– विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र यती एयरलाइन्सबीच सहकार्य हुने भएको छ । 

ncell

आउँदो मसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यती एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यती एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र नेपालगन्ज म्याराथनका प्रोगाम म्यानेजर कपिल थापाले सम्झौतापत्र आदानप्रदान गरे । यो सम्झौतासँगै यति एयरलाइन्स धारा नेपालगन्ज म्याराथनको अफिसियल एयरलाइन्स पार्टनर हुनेछ । 

वल्र्ड रनिङको साझा साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को पुर्णकालीन सदस्य धारा नेपालगन्ज म्याराथनका विजेता एवं शीर्ष नेपाली धावकहरुलाई विश्वकै शीर्ष म्याराथनहरुमा सहभागिताको अवसर प्रदान गर्ने वातावरण बनाउँदै अगाडि बढेको एम्सका नेपाल प्रतिनिधि एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन् ।

नेपालगन्ज म्याराथनले इभेन्टको दायरा फराकिलो बनाउन र सबैलाई अपनत्व भाव जगाउन फरक–फरक संस्थासँग सहकार्य गदैं अघि बढेको छ । यसअघि थाइल्याण्डमा हुने विश्व स्तरीय बाङ्सेन रनिङ सिरिजिमा धावक, पदाधिकारी तथा सदस्यहरुका लागि अनुभव बटुल्ने र क्षमता अभिवृद्धि गर्ने अवसर दिनका लागि सम्झौता गरेको छ ।  ‘धारा नेपालगन्ज म्याराथन धावकका लागि त हो नै, समुदायका हरेक सदस्य लाभान्वित हुने प्लेटफर्म हो’ संस्थापक ठकुरीले भने । 

नेपालगन्ज कनक्लेवका लागि विभिन्न पेशागत एवं व्यवासायिक संघसंस्थासँग सहकार्य गर्ने तयारीसमेत अगाडि बढेको उनले जनाए । 

सम्बन्धित खबर