२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८२ असोज ३ गते ११:५६
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

ncell

आज सुन तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख १५ हजार दुई सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । 

आज चाँदी ६० रुपैयाँले बढेर दुई हजार ५८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर