२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

समयमै आवधिक निर्वाचन हुने कुरालाई कसैले हल्लाउन सक्दैन : गगन थापा

Nada
२०८२ भदौ ८ गते १६:२१
Shares
समयमै आवधिक निर्वाचन हुने कुरालाई कसैले हल्लाउन सक्दैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताएका छन् ।

ncell

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दक्षिण एसियाका धेरै देशमा आवधिक निर्वाच समयमै नहुने बताए । तर नेपालमा समयमै आवधिक निर्वाचन हुने कुरालाई कसैले हल्लाउन नसक्ने उनको भनाइ छ ।

निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले विधेयकका रुपमा ल्याउँदा निर्वाचन आयोगले पेश गरेका कुराहरु पनि हटाएर ल्याउनसक्ने भन्दै सबै चनाखो हुनुपर्ने उनले बताए । आवश्यकताका आधारमा विधेयकमा थपघट गरेर जान सकिने उनले बताए ।

महामन्त्री थापाले निर्वाचनको उम्मेदवार छनोट गर्ने कुरा जुन ठाउँमा निर्वाचन हुने त्यहीँका पार्टी सदस्यले उम्मेदवार छान्न पाउने कुरा राम्रो भएको बताए । मतदाता शिक्षा नागरिकमाझ विस्तार गर्न जरुरी रहेको उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर