२०८२ भदौ ७ गते शनिवार / Aug 23 , 2025 , Saturday
२०८२ भदौ ७ गते शनिवार
Ads

तिज गीत प्रतियोगिता सम्पन्न

shivam cement
प्रदीप ज्ञवाली
२०८२ भदौ ६ गते २०:४३
तिज गीत प्रतियोगिता सम्पन्न

रुपन्देही : रुपन्देहीको सैनामैना–६ कलौनीमा अवस्थित कलौनी कान्तिपुर इङ्लिस स्कूलमा अन्तरसदनात्मक तिज गीत प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । 

तिज पर्व नजिकिँदै गर्दा विद्यार्थीमा सांस्कृतिक चेतना र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्राचार्य सुनिल पोख्रेलले जानकारी दिए ।

प्रतियोगिता कक्षा ४ देखि ८ सम्मका विद्यार्थीबीच आयोजना गरिएको हो । प्रतियोगितामा रातो, निलो, सेतो र हरियो गरी चार सदनका विद्यार्थीहरूले आ–आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा रातो सदन प्रथम, सेतो सदन द्वितीय र निलो सदन तृतीय स्थानमा आउन सफल भएको विद्यालयका सह–प्राचार्य शंकर बन्जाडेले जानकारी दिए ।

विद्यालय प्रशासनका अनुसार यस प्रकारका सांस्कृतिक गतिविधिले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै सांस्कृतिक जरा मजबुत बनाउन ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise