२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सानिमा दुई जलविद्युत् परियोजनाका लागि एजेन्ट बैंक नियुक्त

Nada
२०८२ भदौ ६ गते २०:०८
Shares
सानिमा दुई जलविद्युत् परियोजनाका लागि एजेन्ट बैंक नियुक्त

काठमाडौं : द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना (सिइएक्सआइएम)ले सानिमा बैंक लिमिटेडलाई दुई ठुला जलविद्युत् परियोजनाका लागि वित्तीय सहजीकरणका रूपमा नियुक्त गरेको छ । सम्झौतामा सिइएक्सआइएम बैंकको सिचुआन शाखामा आयोजित विशेष कार्यक्रममा सम्पन्न भएको हो ।

ncell

सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सन्ज्याल र सिइएक्सआइएम बैंक सिचुआन शाखाकी उपाध्यक्ष यानहुईले हस्ताक्षर गरेका थिए । सम्झौतापश्चात् सानिमा बैंकले मनाङ मस्र्यांदी हाइड्रोपावर प्रालि (१३५ मेगावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेगावाट)–१ परियोजनाका लागि एजेन्ट बैंकका रूपमा काम गर्नेछ ।

समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, सिइएक्सआइएम बैंक सिचुआन शाखाका अध्यक्ष चेन सेङग्रोङ तथा एसजिआइसी इन्टरनेसनलका अध्यक्ष लिआयो बिनको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा बैंकलाई एजेन्ट बैंकको रूपमा विश्वास व्यक्त गरी छनोट गरेकोमा आभार प्रकट गर्दै, सिइएक्सआइएमसँगको सहकार्यले अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तार गर्नुका साथै नेपालमा व्यापार प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर