२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छः महामन्त्री थापा

shivam cement
मध्यान्ह
२०८२ भदौ ६ गते १७:३५
अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छः महामन्त्री थापा

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले संशोधन गरेर अधिकार खुम्च्याउने नभइ थप विस्तार गरेर अघि बढ्नुपर्ने बताए । नागरिकले पाएको अधिकार विस्तार गर्ने, आदिवासी, जनजातिले पाएको अधिकार थप विस्तार गर्ने दिशामा अघि बढ्ने पनि बताए  । शासकीय काममा भएका अवरोधहरुलाई सम्बोधन गर्नुपर्ने बताए । नयाँ पुस्ता अब पनि प्रजातन्त्रको लागि लड्न नपरोस् भन्नेकुरामा ध्यान दिनुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘हामीले अब हाम्रो अनुभव र आवश्यकताका आधारमा संविधान संशोधन गर्ने, संशोधन गरेर अधिकार खुम्च्याउने होइन, थप विस्तार गर्ने, नागरिकले पाएको अधिकार विस्तार गर्ने, आदिवासी, जनजातिले पाएको अधिकार थप विस्तार गर्ने हो । थप अधिकार सम्पन्न बनाउने तर सँगै शासकीय काममा जे अवरोध सिर्जना भएका छन्, ति अवरोधलाई पनि सम्बोधन गर्नेगरी कतिपय हाम्रा व्यवस्थालाई मिलाएर जाने हो । जसले गर्दा नेपालमा कुनैपनि नयाँ पुस्ताले प्रजातन्त्रको लाग लड्न नपरोस् ।’

महामन्त्री थापाले नौजवानलाई पार्टीमा ल्याएर उनीहरुमार्फत बाँकी कामहरु गराउन सक्नुपर्ने बताए ।  

ADV

सम्बन्धित खबर

Advertise