२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

युरिया मलको बोराभित्र भेटियो साढे ४ किलोको ढुंगा

shivam cement
विनोद निगम
२०८२ भदौ ५ गते २१:२४
युरिया मलको बोराभित्र भेटियो साढे ४ किलोको ढुंगा

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा युरिया मल पाउन बिहानैदेखि लाइन बसेका किसानलाई ठूलो निराशा बेहोर्नु परेको छ । ५० किलोको भनिएको मलको बोराभित्र करिब साढे ४ किलो बराबरको ठोस ढुंगा भेटिएपछि किसानहरू आक्रोशित भएका छन् ।

बर्दघाट–१४ स्थित दाउन्नेदेवी सानाकिसान सहकारीमार्फत बुधबार वितरण गरिएको मल घरमा खोलेपछि यस्तो वस्तु भेटिएको हो । 

सहकारीले एक बोरा तीन जनाबीच बाँड्दा एक किसानको भागमा करिब १६ किलो मल पाउनुपर्नेमा बोराभित्र सिमेन्टको पिल्लरसमान ठोस ढुंगा भेटिएको किसानहरुले बताएका छन् ।

स्थानीय किसान मानबहादुर ढकालले भेटिएको ढुंगाको तौल नाप्दा साढे ४ किलो भएको बताए । ‘सानोतिनो फोहोर त सामान्य होला, तर त्यत्रो ठूलो ढुंगा कसरी बोराभित्र पुग्छ ? यो त अचम्मैको कुरा भयो,’उनले भने । ढकालले व्यंग्य गर्दै थपे, ‘मल लिन बिहान २ बजेदेखि लाइन बसेका थियौँ, अन्ततः उपहारमा ढुंगा पाइयो ।’

ढकालका अनुसार ढुंगा निकालेर त्यसको तौल घटाएपछि बाँकी मल मात्रै किसानबीच बाँडिएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडमार्फत स्थानीय तहमा पठाइने मलमा यस्तो घटना देखिनुले आपूर्ति प्रणाली र गुणस्तर नियन्त्रक निकायमाथि गम्भीर प्रश्न उठेको किसानहरूको भनाइ छ ।

‘यदि ५० किलो लेखिएको बोरामा ४ किलो ढुंगा छ भने हामीलाई पर्नुपर्ने मल त अझै घट्छ । त्यसको जिम्मा कसले लिन्छ ?’ किसानहरुले प्रश्न उठाएका छन् ।

किसानको पीडा, मलको अभाव

पछिल्ला वर्षहरूमा धानको मुख्य समयमा किसान मल पाउन रातभर लाइन बस्न बाध्य भएका छन् । कतै मलको अभाव, कतै वितरणमा अनियमितता र अहिले त बोरामै ढुंगा भेटिनुले किसान थप निराश भएका छन् । कृषि सामग्री कम्पनी र सहकारीले भने यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise