२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच सम्झौता

shivam cement
मध्यान्ह
२०८२ भदौ ५ गते २१:०८
राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच सम्झौता

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)बीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमको प्रधान कार्यालयमा  बिहीबार आयोजित एक कार्यक्रमबीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सविना मास्के प्रधान र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरे । 

‘वाणिज्य बैंकले नेपाल टेलिकमका सेवानिवृत्त कर्मचारीका लागि पेन्सन खाता सञ्चालन गर्नुका साथै कार्यरत कर्मचारीका लागि तलबी बचत खाता, पेसाकर्मी सरल कर्जा र अन्य सेवासुविधा उपलब्ध गराउनेछ,’ सम्झौतापत्रमा उल्लेख छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise