२०८२ भदौ ६ गते शुक्रवार / Aug 22 , 2025 , Friday
२०८२ भदौ ६ गते शुक्रवार
Ads

सामसङले कोडिङ एन्ड प्रोग्रामिङ गर्ने त्रिविका विद्यार्थीलाई दियो प्रमाणपत्र 

shivam cement
मध्यान्ह
२०८२ भदौ ५ गते २१:०६
सामसङले कोडिङ एन्ड प्रोग्रामिङ गर्ने त्रिविका विद्यार्थीलाई दियो प्रमाणपत्र 

काठमाडौं : सामसङले सिएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसका तेस्रो ब्याचको कोडिङ एन्ड प्रोग्रामिङ पूरा गरेकोमा त्रिभुवन विश्वविद्यालय विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले त्रिविको इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसका ५३ जना विद्यार्थीलाई प्रमाणपत्र दिएको हो । ५३ जना विद्यार्थीहरूलाई कोर्स उत्तीर्ण गरेको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा आयोजित समारोहमा प्रदान गरिएको थियो ।

जसमा सामसङ नेपाल कार्यालयका प्रमुख, इन सु किम र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डिन डा. शशिधर राम जोशी, साथै सहायक डिन विनोदकुमार भट्टराई, सहायक डिन सुरज लामिछाने र पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख डा. इन्द्रप्रसाद आचार्यले उपस्थिति जनाएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise