२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

गौर हत्याकाण्ड : अदालतको परमादेशविरुद्ध सडक आन्दोलनमा जाने सर्वपक्षीय भेलाको निर्णय

Nada
धर्मेन्द्रकुमार साह
२०८२ भदौ ५ गते २०:३४
Shares
गौर हत्याकाण्ड : अदालतको परमादेशविरुद्ध सडक आन्दोलनमा जाने सर्वपक्षीय भेलाको निर्णय

रौतहट : रौतहटको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध रौतहटमा आन्दोलन सुरु भएको छ । बिहीबार उद्योग वाणिज्य संघको सभाकक्षमा बसेको सर्वदलीय÷सर्वपक्षीय भेलाले सडक आन्दोलनमा जाने निर्णय गरेको हो ।

ncell

यसअघि जसपा नेपाल एक्लै सडक संघर्षलाई अगाडि बढाउँदै आएको थियो । तर अदालतको परमादेशसँगै  रौतहटमा क्रियाशील अधिकांश दलका जिल्ला तहका शीर्ष नेताहरू अनुसन्धानमा तानिने सम्भावना बढेपछि सर्वपक्षीय बैठक बसेको हो । बैठकले विशाल जनप्रदर्शन गर्ने निर्णय समेत गरेको छ । बैठकले शनिबार साँझ सदरमुकाम गौरमा मसाल जुलुस प्रदर्शन गर्ने र आइतबार गौरमा जनप्रदर्शन गर्ने निर्णय गरेको हो । जनप्रदर्शनका लागि विभिन्न क्षेत्रमा प्रचार–प्रसार गर्ने टोलीसमेत गठन गरिएको छ ।

क्षेत्र नम्बर १ मा प्रचारप्रसारको लागि बबन सिंह, बाबुलाल साह, रेवन्त झा, अनिल सिंह, योगेन्द्र यादव, शम्भु सिंह, विश्वनाथ पटेल, किरण ठाकुर, रामेश्वर यादव, भागनारायण साह लगायतको टोली बनाइएको छ । त्यस्तै क्षेत्र नम्बर २ का लागि राम चन्द्र गिरि, राजु यादव, शोभा साह, बशिष्ट यादवलगायतको टोली तोकिएको छ । क्षेत्र नम्बर ३ र ४ का लागि ब्रिज यादव, अनिल यादव, राजकुमार दास, श्याम यादव लगायतको टोली गठन गरिएको छ ।

बैठकमा सहभागी लोसपा नेता अनिल सिंहले वर्तमान सरकारले मधेश जनविद्रोहलाई अवमूल्यन गर्न खोजेको आरोप लगाए । त्यस्तै नेकपा एसका नेता रेवन्त झाले सरकारले मधेशलाई नेतृत्वविहीन बनाउन खोजेको दाबी गर्दै मधेश जनविद्रोहको समयमा दुर्भाग्यवश घटेको घटनालाई अतिरञ्जन गरेर, घटनामा संलग्न नै नभएका व्यक्तिमाथि समेत जाहेरी दिएर न्यायिक ट्रायलमा तान्न खोजिएको आरोप लगाए ।

ताजा खबर

सम्बन्धित खबर