२०८२ भदौ ५ गते बिहिवार / Aug 21 , 2025 , Thursday
२०८२ भदौ ५ गते बिहिवार
Ads

सुर्खेतमा लोकसेवाको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ

shivam cement
पूर्ण सार्की
२०८२ भदौ ५ गते १८:४५
सुर्खेतमा लोकसेवाको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत : सुर्खेतमा लोकसेवाको परीक्षामा सहभागी नक्कली परीक्षार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बुधबार बिहान लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चालन भइरहेको संचार/इन्जिनियर प्राविधिक प्रहरी जवान परीक्षा दौरान चार जना नक्कली परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले  नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रवेश पत्र र नागरिकता प्रमाणपत्रमा फोटो परिवर्तन गरी सट्टामा परीक्षा दिन आएका व्यक्तिहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये दुई जनाको विवरण सार्वजनिक गरिएको छ ।

पक्राउ परेकामध्ये जाजरकोटको कुशे गाउँपालिका–७, सामाकोट बस्ने २५ वर्षीय श्याम शंकर सिंहलाई जाजरकोटकै छेडागाड नगरपालिका–१२ बस्ने धर्मराज चनराको सट्टामा र दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर ७ बस्ने २० वर्षीय भरत तिरुवालाई सोही पालिकाका वडा नं ५ बस्ने सुशिल शाहीको सट्टामा परीक्षा दिँदै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध लिखत तथा किर्ते कसुरमा अनुसन्धान जारी रहेको छ । बाँकी दुई नक्कली परीक्षार्थीको विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise