२०८२ भदौ ५ गते बिहिवार / Aug 21 , 2025 , Thursday
२०८२ भदौ ५ गते बिहिवार
Ads

मधेश प्रदेशमा विद्युत् र सिँचाइ सुधारका लागि मन्त्री खड्काको निर्देशन

shivam cement
मध्यान्ह
२०८२ भदौ ५ गते १५:१३
मधेश प्रदेशमा विद्युत् र सिँचाइ सुधारका लागि मन्त्री खड्काको निर्देशन

जनकपुर : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जनकपुरमा मधेश प्रदेशको विद्युत् र सिँचाइ सेवाको अवस्थाबारे जानकारी लिएका छन् ।

मन्त्री खड्काले विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादव र सिँचाइ विभागका महानिर्देशक मित्र बरालसहितको टोलीलाई प्रदेशभरिका विद्युत र सिँचाइ सेवामा जनताको आवश्यकता र चाहनाअनुसार सुधार गर्न निर्देशन दिएका छन् ।

No description available.

मन्त्री खड्काले मधेश प्रदेशमा विद्युत् चुहावट अन्य प्रदेशहरूको तुलनामा उच्च रहेकाले यस समस्यालाई तत्काल रोक्नका लागि आवश्यक कदम उठाउन निर्देशन दिएका हुन् । उनले नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्दै सुरक्षित विद्युत् आपूर्ति गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न पनि निर्देशन दिए ।

मन्त्री खड्काले मधेशका विभिन्न क्षेत्रमा पटक-पटक विजुली जाने जनगुनासो समाधान गर्न २४ घण्टा विद्युत आपूर्ति सुनिश्चित गर्ने उद्देश्यअनुरूप काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

उनले कार्यप्रणालीमा सुधार गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन तथा दायित्व पूरा नगर्ने कर्मचारीलाई दण्डित गर्ने मन्त्रालयको नीति रहेको जानकारी गराउँदै आफ्नो जिम्मेवारी र दायित्वलाई प्राथमिकताका साथ पूरा गर्न निर्देशन दिए । उनले भने, 'विद्युत् र सिँचाइ क्षेत्रमा सुधार आवश्यक छ । यो कामलाई प्रोत्साहित गर्दै जनताको जीवनस्तर उकास्न हामी प्रतिबद्ध छौं ।'

No description available.

ADV

सम्बन्धित खबर

Advertise