२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पानी परीक्षणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

Nada
सन्तोष पौडेल
२०८२ भदौ ५ गते १३:३५
Shares
पानी परीक्षणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

बर्दिया : खानेपानी तथा ढल व्यस्थापन कार्यालय नेपालगञ्ज र बर्दियाका ५ वटा पालिकाबीच बिहीबार एक कार्यक्रमका बीच पानी परीक्षणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

ncell

युके एड र वाटर एडको आर्थिक सहयोगमा सञ्चालित वास गेन्स परियोजना सञ्चालन भएका बर्दियाका गुलरिया, ठाकुरबाबा, मधुवन, बारबर्दिया नगरपालिका तथा गेरुवा गाउँपालिका र खानेपानी तथा ढल व्यस्थापन कार्यालय नेपालगञ्जबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

पालिकाभित्रका विद्यालय तथा अन्य सार्वजनिक खानेपानी स्रोतहरूको नियमित पानीको गुणस्तर परीक्षणलाई सहज र दिगो बनाउने उद्देश्यले समझदारी गरिएको हो ।

समझदारी पत्रमा पालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृतहरु र खानेपानी तथा ढल व्यस्थापन कार्यालय नेपालगञ्जका प्रमुख इन्जिनियर देवेन्द्र झाले हस्ताक्षर गरेका छन् ।

पालिकाले पानी परीक्षणका लागि योजना निर्माण, बजेट व्यवस्थापन गर्ने, पानीको नमुना संकलनमा सहयोग गर्ने, पानी परीक्षण प्रतिवेदनको आधारमा सुधारात्मक तथा रोकथामका कार्यहरु सञ्चालन गर्ने । परीक्षण प्रतिवेदनलाई अमिलेखीकरण गर्ने र खानेपानी तथा ढल व्यस्थापन कार्यालय नेपालगञ्जले स्थानीय तहले उपलब्ध गराएको पानी परीक्षण तालिकाअनुसार परीक्षणको व्यवस्था मिलाउने, परीक्षणका लागि नमुना संकलन गर्ने राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार पानी परीक्षण प्रतिवेदन उपलब्ध गराउने समझदारी पत्रमा उलेख छ ।

ताजा खबर

सम्बन्धित खबर