२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

shivam cement
२०८२ भदौ ५ गते १३:३४
चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा जानुभन्दा पहिला चीन जाने भएका छन् ।

भारतको औपचारिक भ्रमणका लागि भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तो प्राप्त भए पनि भ्रमणको मिति तय भई नसकेको अवस्थामा प्रधानमन्त्री ओली चीनमा आयोजना हुने एक बैठकमा सहभागी हुन जाने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधवार मन्त्रीपरिषद् बैठकको भदौ २ गतेका निर्णय सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले सो जानकारी दिएका हुन् ।

सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को आयोजनामा चीनमा हुने बैठकमा प्रधानमन्त्री ओलीलाई चीन सरकारका तर्फबाट निम्तो रहेको जानकारी दिँदै मन्त्री गुरुङले सम्भवतः भारत भ्रमणभन्दा अघि चीनमा आयोजना हुने सो बैठकमा प्रधानमन्त्री सहभागी हुने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर