काठमाडौं : छैटौं चन्द्रागिरि कप फुटसल प्रतियोगिता आगामी भदाै २६ गतेदेखि सञ्चालन हुने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. ५ काे आकाश टाेलस्थित फुटसल काेर्टमा हुने प्रतियोगिताकाे विजेताले एक लाख नगद, शिल्ड र प्रमाणपत्र पाउनेछ । उपविजेताले ५० हजार नगद, शिल्ड र प्रमाणपत्र पाउनेछ ।
प्रतियोगितामा विविध विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयाेजक संस्थाका संयाेजक विरेन श्रेष्ठले जानकारी दिए । प्रतियोगिताअन्तर्गत उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड र उच्च गाेलकर्ताकाे विधासमेत रहेको श्रेष्ठले जानकारी दिए ।
विधागत उत्कृष्टता हासिल गर्नेले सम्मान स्वरूप नगद ५ हजार पाउनेछन् । प्रतियोगितामा सहभागिता जनाउनका लागि ५ हजार ५ सय र फारमकाे ५ सय गरी ६ हजार रुपैयाँ शुल्क ताेकिएकाे संयाेजक श्रेष्ठले जानकारी दिए ।