काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा एक लाख ९३ हजार पाँच सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी ३५ रुपैयाँले बढेर तोलामा दुई हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला दुई हजार २५५ रुपैयाँमा कायम भएको थियो ।