२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एक महिनामा वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत राजस्व संकलन

Nada
२०८२ भदौ ५ गते ०८:४२
Shares
एक महिनामा वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत राजस्व संकलन

झापा : आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु. ३० करोड ५१ लाख ९५ हजार राजस्व संकलन गरेको छ । संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत हो । 

ncell

कार्यालयले चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए। “साउन महिनामा ३८ करोड तीन लाख ९१ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८० दशमलव २३ प्रतिशत राजस्व संकलन भयो”, उनले भए । 

यसमा आयकरबाट रु. सात करोड ८३ लाख ६२ हजार, ब्याजबापत रु. एक करोड ५१ लाख ६१ हजार, मूल्य अभिवृद्धि कर बापत रु. १४ करोड ४५ हजार र अन्त:शुल्कबापत रु छ करोड ८३ लाख ७० हजार राजस्व संकलन भएको हो । 

गत आव २०८१/८२ को पहिलो महिनामा रु ३० करोड २३ लाख २६ हजार राजस्व संकलन भएको थियो । कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गर्नाका साथै लाभग्राही केन्द्रित व्यावहारिक कर शिक्षा प्रदान गरिरहेको कर अधिकृत सुनुवारले बताए । 

ताजा खबर

सम्बन्धित खबर