२०८२ भदौ ५ गते बिहिवार / Aug 21 , 2025 , Thursday
२०८२ भदौ ५ गते बिहिवार
Ads

ब्रोडवे इन्फोसिसले पायो ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्ड

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते २०:१३
ब्रोडवे इन्फोसिसले पायो ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्ड

काठमाडौं : सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्ने नेपाली कम्पनी ब्रोडवे इन्फोसिस प्रालिले वल्र्ड इन्नोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा)बाट प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्ड जितेको छ । ताइवानको ताइपेईमा आयोजित ‘विट्सा ग्लोबल एआई समिट २०२५’अन्तर्गत मंगलबार (१९ अगस्ट) सम्पन्न विशेष समारोहमा ब्रोडवेले सो अवार्ड प्राप्त गरेको हो ।

कम्पनीले व्यावसायिक आइटी तालिममार्फत नेपालको शिक्षा तथा प्रविधि क्षेत्रमा पु¥याएको योगदान र दक्ष जनशक्ति उत्पादनमा गरेको उल्लेखनीय भूमिकाको कदर गर्दै यो अवार्ड प्रदान गरिएको आयोजक विट्साले जनाएको छ । 

समिटको अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा ब्रोडवे इन्फोसिसका निर्देशकद्वय हरिकृष्ण अधिकारी र उत्तम अधिकारीले सो अवार्ड ग्रहण गरेका थिए । सो पुरस्कार केवल ब्रोडवे इन्फोसिसको समर्पण मात्र नभई नेपालको समग्र आइटी परिदृश्यमा परेको सकारात्मक प्रभावको प्रमाण भएको कम्पनीले प्रतिक्रिया जनाएको छ । 

विट्सा विश्वका ८० भन्दा बढी देशका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी संस्थाहरूको छाता संगठन हो । नेपालको तर्फबाट कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ विट्साको सदस्य रहेको छ । विट्साले आयोजना गर्ने ग्लोबल एआई समिट विश्वभरका उद्योग, सरकार, प्राज्ञिक तथा अनुसन्धान संस्थाका नेतृत्वकर्तालाई एउटै मञ्चमा ल्याउने महत्वपूर्ण अवसर मानिन्छ ।

ADV

सम्बन्धित खबर

Advertise