काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै विचार र लक्ष्य नभएको टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले रास्वपालाई कुनै विचार, राजनीति, लक्ष्य, त्याग, बलिदान र जेलनेल नभएका पार्टीको रुपमा चित्रण गरे ।
उनले त्यस्ता राजनीतिक दलहरुले आज १० वर्ष जनयुद्ध लडेको माओवादी र लामो इतिहास बोकेका नेपाली कांग्रेस र नेकपा एमालेमाथि थ्रेट दिइरहेको बताए । यो गणतन्त्र र लोकतन्त्रमाथिको प्रश्न भएको उनले जिकिर गरे । उनले पछिल्लो समय देशमा धेरै कुरामा परिवर्तन भएको बताए ।
उपमहासचिव पुनले लोकतान्त्रिक गणतन्त्रलाई अझै जनताको निकट पुर्याउनुपर्ने धारणा राखे ।