२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

जनउद्धार केन्द्र मलेसियाको पहलमा मलेसियामै इलामका मगरको अन्त्येष्टि

shivam cement
तिलोचन गौतम
२०८२ भदौ ४ गते १२:१०
जनउद्धार केन्द्र मलेसियाको पहलमा मलेसियामै इलामका मगरको अन्त्येष्टि

मलेसिया : इलाम फाक्फोकथुम गाउँपालिका–४ का डम्बर कुमार मगरको शव मलेसियामै दाहसंस्कार गरिएको छ ।

विगत १३ वर्षदेखि मलेसियामा अवैधानिक रूपमा कार्यरत मगरको उपचारका क्रममा गत जुलाई ३१ मा पेनाङ अस्पतालमा निधन भएको थियो । उच्च रक्तचाप र मधुमेहका कारण स्वास्थ्य समस्या भोगिरहेका उनको मृत्यु भएपछि शव नेपाल ल्याउनुपर्ने खर्च व्यहोर्न नसक्ने भन्दै आफन्तहरूले मलेसियामै अन्त्येष्टि गर्न आग्रह गरेका थिए ।

त्यसपछि जनउद्धार केन्द्र मलेसियाले आज बिहान मगरको परम्परागत दाहसंस्कार सम्पन्न गरेको जनाएको छ । केन्द्रका अध्यक्ष केसु थापाका अनुसार बिहीबार मृतकको अस्तु समुद्रमा विसर्जन गरिनेछ ।

अध्यक्ष थापाले भर्खरै सम्पन्न तिज विशेष कार्यक्रममा शव विसर्जनका लागि आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अन्त्येष्टिमा सरिक भएर साथ दिने विराज पुन, श्याम तमाङ, केशव लम्साल र कविराज बोहोरालाई धन्यवाद दिँदै मृतक परिवारप्रति समवेदना व्यक्त गरेका थिए ।

मगर विवाहित थिए । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

जनउद्धार केन्द्र मलेसिया त्यहाँ दर्ता भएको पहिलो नेपाली सामाजिक संस्था हो । यस संस्थाले जेल तथा डिटेन्सनमा परेका नेपालीको उद्धारदेखि विभिन्न समस्यामा सहयोग गर्दै आएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise