२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

जुम्लामा एक वर्षको अवधिमा विषादीको प्रयोगबाट १३ जनाको मृत्यु

Nada
दिलमाया शाही
२०८१ साउन २ गते २२:०३
Shares
जुम्लामा एक वर्षको अवधिमा विषादीको प्रयोगबाट १३ जनाको मृत्यु

जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजनामा विषादी व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।  

ncell

जुम्लाका किसान, सरोकारवाला निकायहरुको सहभागितामा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरिएको हो । जिल्ला प्रहरी कार्यालयका जुम्लाका प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जुम्लामा  विषादीको  प्रयोग, गरी बालबालिकाहरुको मृत्यु  भएको बताए । उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १३ जनाले बिषादी प्रयोग गरेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा १४ जना रहेका छन् भने आर्थिक वर्ष २०८०/८१ मा १३ जनाले विषादीको प्रयोग गरेका छन् । कृषि बालिको लागि किसानले लिने तर जथाभावी राख्ने गरेका कारण बालबालिकाले बढी मात्रामा प्रयोग गरेको देखिन्छ । यसका लागि विषादी प्रयोगमा अपनाउनुपर्ने सचेतनाका कार्यक्रम गर्न जरुरी छ ।

जिल्ला प्रहरीका अनुसार पछिल्लो समयमा आत्म हत्याको कारण नै विषादी प्रयोग देखिएको छ ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बिषादी प्रयोगमा ध्यान नदिँदा बालबालिकाको ज्यान गएको बताए । उनले जीवनाशक विषादीको सुरक्षित प्रयोग तथा व्यवस्थापन हुन जरुरी रहेको बताए । 

उनले भने,‘बालबालिकालाई विषादी बिक्री नगर्ने  विषादी बेच्न पाउने निकायहरुले  वडाको सिफारिस, किन्ने व्यक्तिको नाम ठेगाना  पारिवारिक जिम्मेवारी जस्ता तथ्यांक राख्नुपर्नेछ ।’ 

किसान विषादी प्रयोग गर्न बाध्य 

जुम्लाका किसानलाई जैविक विषादी उत्पादन नभएकाले व्यावसायिक खेती गर्न गाह्रो भएको बताएका छन् ।  उनीहरुका अनुसार विकल्पमा प्रयोग गर्न सकिने भनिएका जैविक तथा वानस्पतिक विषादी  जुम्लामा उपलब्ध हुन सकेको छैन । 

रासायनिक विषादीको अनियन्त्रित प्रयोगले स्वयम् किसान तथा आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको विज्ञहरु बताउँछन् । 

त्यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले अझै धेरै किसानहरुलाई रासायनिक विषादी र तीनको प्रयोगको सही तरीकाबारे जानकारी नभएको बताए । 

उनले भने, ‘विश्वको तुलनामा यहाँ विषादीको प्रयोग न्यून हुन्छ । तर पनि जनचेतनाको कमीले समस्या ठूलो भएको छ । विषादी प्रयोग गर्दा समय, मात्रा, किसिम र सावधानीबारे पर्याप्त सचेतना नहुँदा किसान स्वयम् समेत क्यान्सर जस्ता कडा रोगको बढी जोखिममा पर्ने गरेका छन् ।’ 

ताजा खबर

सम्बन्धित खबर