काठमाडौं : विश्वप्रसिद्ध चिनियाँ इभि ब्रान्ड जिली ईएक्स फाइभ र जेवाई एयरका गाडीहरू नाडा अटो सोमा सार्वजनिक गरिएको छ । सार्वजनिक भएसँगै जिली ईएक्स म्याक्स र प्रोको साथै जेवाई एयर अट्रा र लाइट अत्याधुनिक सुविधाहरू र आकर्षक छुट सहित नाडामा टेष्ट ड्राइभ र खरिद गर्न सकिनेछ ।
ड्रिम स्मार्ट चाइनाको अधिकृत आयातकर्ता एलआरआर माटर्सले नेपालमा जिली ईएक्स फाइभ भित्राएको हो भने एलआरआर माटर्स जेवाइ अटो ग्रुपको नेपालको लागि पनि आधिकारिक आयातकर्ता रहेको छ ।
नाडा अटो अटो सोमा कम्पनीले अटोप्रेमी र खरिदकर्ताहरूका लागि विशेष छुट योजना घोषणा गरेको छ । अब ग्राहकहरूले जिली ईएक्स फाइभ म्याक्सको मुल्य ६४लाख ९९हजार रहेको छ । नाडामा ३ लाख सस्तोमा बिक्रिका लागि राखिएको कम्पनीले जनाएको छ ।
त्यस्तै, स्टाइलिस जिली ईएक्स फाइभ प्रोको मुल्य भने ५४लाख ९९ हजार रहेको छ । त्यसैगरी, जेवाई एयरका प्रिमियम मोडलहरूमा पनि आकर्षक छुट योजना ल्याइएको छ । सुरुमा ६८ लाखको मूल्य रहेको जेवाई एयर अल्ट्राको अहिले ६४ लाख ९९ हजारमै पाइने छ भने भने सुरुमा ५४ लाख मूल्य भएको जेवाई एयर लाइटको ४९ लाख ९९ हजार पाइने छ ।